क्षयरोग मुक्त नेपालका लागि जनचेतना आवश्यक : मन्त्री बस्नेत | Khabarhub Khabarhub

क्षयरोग मुक्त नेपालका लागि जनचेतना आवश्यक : मन्त्री बस्नेत


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधीउपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

 करिव ८ अर्ब स्वास्थ्य क्षेत्रमा ग्लोबल फन्डबाट पैसा आउने गरेको भन्दै यसको सदुपयोग गर्नेमा आफूले जोड दिएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा आफूले राम्रो काम गर्दा सफल हुन नदिने षड्यन्त्र भएपनि आलुलाई प्रधानमन्त्री लगायत सबैको साथ रहेकाले निरन्तर सुधारका काममा अघि बढ्ने जिकिर गरे ।

मन्त्री बस्नेतले पहुँचका भरमा सधैँभरि सुविधा सम्पन्न अस्पतालमा बस्ने व्यवस्थालाई अन्त्य गरि ८ सय बढि चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा उपचार सेवा प्रदान गर्न पठाइएको धारणा राखे ।

त्यसअघि स्वास्थ्य मन्त्री बस्नेतले शुक्रबार नै सिन्धुपाल्चोकस्थीत चौतारा अस्पतालको निरीक्षण गरेका थिए । सो क्रममा उनले सर्वसाधारणको उपचारमा कमी हुन नदिने गरि काम गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : १७ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको