भारतमा चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ परेको’ परेवा रिहा « Khabarhub

भारतमा चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ परेको’ परेवा रिहा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित उक्त चरा समातिएको थियो ।

“सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए,” रिपोर्टमा भनिएको छ । अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।”

पेटा इन्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासूसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए ।

सन् २०१० मा अर्को परेवाको खुट्टामा औंठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको