चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन « Khabarhub

चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।

यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण छन् । विशेषगरी नगरपालिका तथा वडा कार्यालयको पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर नगरपालिकाले चन्द्रागिरि–१ दहचोकस्थित इन्द्रज्योति आधारभूत विद्यालय परिसरमा पहिलोपटक शिविरको आयोजना गरेको हो ।

नगरपालिकाले आफ्ना अन्य १५ वडामा यस्ता शिविर आयोजना गर्ने जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ दहचोककी कान्छी तामाङलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी एकीकृत घुम्ती शिविरको शुभारम्भ गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्ना सेवालाई अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

उनले नगरको भौतिक पूर्वाधार विकासमा साथसाथै सामाजिक विकासमा प्राथमिकताका साथ विभिन्न काम गरिरहेको बताए । उपप्रमुख वसन्ती श्रेष्ठले सेवाग्राहीलाई नगरपालिकाद्वारा प्रदान गरिने सेवा लिन नगरपालिका तथा वडा कार्यालयसम्म आइपुग्न नपर्ने अवस्थालाई क्रमशः घटाउँदै लाने ध्येयले एकीकृत घुम्ती शिविर कार्यक्रम राखिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, “एकीकृत घुम्ती शिविरले नगरवासीलाई घरदैलोमा नै सेवा प्राप्त गर्न सहजता हुन्छ । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा शिविरमा लिन नसकेता पनि स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवा लिन सकिन्छ । यसले समुदायमा स्थानीय सरकारकोप्रतिको अपनत्व झन बढेर जान्छ ।”

उनले नगरपालिकाले आफ्नो सेवालाई अझ चुस्त बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिए । चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम थापामगरले वडा तहबाट बालविवाह अन्त्य गर्न चुनौती रहेको बताए । एकीकृत घुम्ती शिविर कार्यक्रम संयोजक एवं योजना अधिकृत महेशप्रसाद पाठकले एकीकृत घुम्ती शिविरमा नगरवासीले आधारभूत सेवा प्राप्त गर्न सहज हुने बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : १२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४