यू १९ विश्वकप : खराब मौसमका कारण दोस्रो इनिङ सुरु हुन सकेन « Khabarhub

यू १९ विश्वकप : खराब मौसमका कारण दोस्रो इनिङ सुरु हुन सकेन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खराब मौसमका कारण दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीचको खेल प्रभावित भएको छ । मौसम खराब भएपछि दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी सुपर सिक्सअन्तर्गत खेलको दोस्रो इनिङ सुरु हुन सकेको छैन ।

यसअघि पहिले इनिङमा दुई ब्याटरले शतकीय पारी खेलेपछि भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनायो ।

भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले । १ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : २७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन