राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको कांग्रेसको ठहर « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनेपक्षित रहेको कांग्रेसको ठहर


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशको परिणाम अनेपक्षित रहेको निष्कर्ष निकालेको छ ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले कोशीमा गठबन्धन उम्मेदवारको पराजय अनपेक्षित भएको भन्दै गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

माघ २२ गतेदेखि सुरु हुने संसदको अधिवेशनका क्रममा संसद र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गर्दै राष्ट्र र जनताको हितमा सांसदहरुले काम गर्ने निर्णय गरेको छ ।

संविधान कार्यान्वयनसम्बन्धी विधेयकहरुलार्ई छिटो अघि बढाउन सरकारलाई आग्रह गर्ने र संसदमा पेश भएका विधेयकहरुलाई पारित गर्न समेत सरकारलाई आग्रह गर्ने निर्णय गरिएको लेखकले बताए ।

त्यस्तै, बैठकले सदनका गतिविधिहरुलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई पनि अपिल गर्ने निर्णय गरेको छ । त्यसैगरी, संसद अधिवेशन चल्दासम्म राजधानी नछाड्न र संसदको पूरै बैठकसम्म बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिइएको लेखकले जानकारी दिए ।

समिति र संसद बैठकमा मन्त्रीहरुको उपस्थीति अनिवार्य गर्ने र सांसदहरुको कुरा सुन्ने तथा सरकारलाई सदनका प्रति उत्तरदायि बनाउन मन्त्रीहरुले गम्भीरतापूर्वक काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, बैठकले संसदीय दलको कार्यसमिति निर्वाचन गर्ने निर्णय गर्दै यसका लागि निर्वाचन समिति तोक्न कांग्रेस कार्यसमितिलाई आग्रह गरेको छ । बजेट अभावका कारण आयोजना पूरा नहुने अवस्थालाई अन्त्य गर्न त्यस्ता आयोजनाहरुमा बजेट थप गर्न पनि सरकारलाई आग्रह गरिएको लेखकले बताए ।

संसदीय दल बैठकले संसदको बिषयगत समितिहरुमा प्रभावकारी भूमिका निर्वाह गर्न समिति संयोजकहरु चयन गरिएको लेखकले बताए । बैठकमा उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रकरणमा सरकारले चालेको कदम प्रतिशोध मात्रै भएको बताएका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : ३७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन