प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने « Khabarhub

प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरुलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुहरुलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुङ्गोमा नपुर्‍याउने देखिएकाले अब मुख्य मुख्य कानुन टुङ्ग्याउन दबाब दिने बताए ।

नागरिकको अधिकार सुनिश्चित गर्नका लागि सरकारले आवश्यक विधेयक ल्याउन नसके पार्टीले गैरसरकारी विधेयकहरु ल्याउन तयारी गर्ने उनले बताए ।

उनले सदनमा जनसवालका विषयहरुलाई उठाउने र पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिए । त्यस्तै, परियारले टिआरसी सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा पार्टीको जोड रहेको बताए ।

बैठकमा पार्टी सभापति रवि लामिछानले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने विधेयकका बारेमा सांसदहरुसँग जानकारी लिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ०७ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि