नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन « Khabarhub

नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

गण्डकी । पद्याप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । नाटककार केदारनाथ पौडेलद्वारा लिखित नाटकको निर्देशन कपिल शर्माले गरेको नाटक आगामी माघ २७ गतेसम्म चल्ने पद्याप्रेम थिएटरका अध्यक्ष सावित्रा पाठक (सबु)ले जानकारी दिए ।

उनका अनुसार नाटकमा कलाकार दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसाल रहेका छन् ।

पोखरा थिएटर गैरापाटनमा बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे गरी १२ वटा सो मञ्चनको तयारी गरिएको उनले जानकारी दिए । नाटकलाई विद्यालय र क्याम्पसका विद्यार्थी केन्द्रित गराउने योजनासमेत रहेको उनले बताए। नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई देखाउन खोजिएको लेखक पौडेलले बताए ।

समाजमा रहेपछि त्यहाँ माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् तर पनि त्यहाँ आफ्नो हुन्छ भन्ने कुरा देखाउन खोजिएको बताउँदै उहाँले पछिल्लो समयमा बढ्दो प्रविधिलाई किसानले आत्मसात् गर्नुपर्ने र जानेर वा नजानेर प्रयोग गर्दा भोग्नुपर्ने विभिन्न भोगाइलाई नाटकमा देख्न सकिने बताए ।

करिब एक घण्टा १५ मिनेट लामो यो नाटक केही वर्षअघि गण्डकी प्रज्ञा उत्सवका अवसरमा पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा इन्द्रेणी थिएटरको प्रस्तुतिमा मञ्चन गरिएको थियो ।

नाटक हेर्न दर्शकहरूको आकर्षण बढिरहेको आँबोइ (हजुरआमा)को भूमिकामा रहेकी कलाकार ज्योति हमालले बताए । नाटकमा पोखरेलीको महत्त्वपूर्ण साथ र सहयोग पाउनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ४५ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६