१० करोड टिकट बिकेको पहिलो बलिउड चलचित्र ‘मदर इन्डिया’ « Khabarhub

१० करोड टिकट बिकेको पहिलो बलिउड चलचित्र ‘मदर इन्डिया’


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मदर इन्डिया’ ५० को दशकमा महिला शोषणमा आधारित कथानक फिल्म हो । भनिन्छ– नायक सुनील दत्त र नायिका नगरिसको मुख्य अभिनय रहेको सो फिल्म हेरेर आँशु नझार्ने सायदै कम छन् ।

अहिलेको समयमा पनि यी दुई कलाकारलाई सम्झँदा धेरैले सोही फिल्मको नाम लिन्छन् । महबूब खानले निर्देशन गरेका सो फिल्म त्यस युगकै उत्कृष्ट फिल्म हो भन्दा फरक मत राख्ने भेट्न गाह्रो पर्छ ।

त्यसबेला सो फिल्म ६० लाख भारु लागतमा तयार भएको बताइन्छ । यसले त्यसबेला बक्स अफिसमा तहल्का पिटेको थियो । आजको दिनमा पनि धेरै हेरिने चलचित्रको सूचीको शीर्ष तीनमा  ‘मदर इन्डिया’ छ । धेरै हेरिएका बलिउड फिल्ममा शोले र बाहुबली– २ क्रमशः पहिलो र दोस्रो हुन् ।

यो फिल्म १० करोडले सिनेमा घरमा पुगेर हेरेको बताइन्छ । अर्थात् १० हजार टिकट बिक्री भएको थियो । त्यसबेला टिकटको मूल्य २ रुपैयाँ भारु थियो ।

‘मदर इन्डिया’को टिकट अझै पनि सुरक्षित रहेको पाइएको छ । केही समयअघि यो टिकट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सोही कारण  ‘मदर इन्डिया’लाई १० करोड टिकट बिक्री गर्ने पहिलो बलिउड फिल्म भनेर समेत चिनिन्छ । त्यसबेला यो फिल्म ओस्कारमा मनोनयन समेत भएको थियो । उत्कृष्ट विदेशी भाषा चलचित्रको विधामा मनोनयनमा परेको थियो । यद्यपि यो फिल्मले ओस्कार भने जित्न सकेन ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ६ : ३९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज