१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रममन्त्री भण्डारी सहभागी « Khabarhub

१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रममन्त्री भण्डारी सहभागी


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

दुबई– आज युएईको दुबईमा आयोजना हुने दुबई रोजगार मेला मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारलगायत वैदेशिक रोजगार व्यवसायीहरू दुबई आइपुगेका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने रोजगार मेलामा सहभागी हुन मन्त्री भण्डारीलगाएतका अतिथिहरू दुबई आइपुगेका हुन ।

रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन । मेलामा एक सय भन्दा बढी मेनपावर व्यवसायीहरू सँगै एनआरएनएका प्रतिनिधिहरू र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरूको सहभागिता हुनेछ ।

नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ । 

मेलामा  ६४ वटा विभिन्न स्टल राखिने संघका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेती, युएईका लागी नेपाली राजदूत तेज बहादुर क्षेत्री,एनआरएनए आइसिसिका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना ,एनआरएनए युएईका अध्यक्ष विकास शाही लगायतको उपस्थिति रहने छ । यसका लागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रबार बेलुकानै दुबई आइपुगिसकेका छन । 

दुबई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिना वैदेशिक रोजगारमा डिमान्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिइएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरूले विश्वास लिएका छन् । 

मेलामा युएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला युएईस्थित नेपाली दूतावास र वैदेशिक रोजगार बोर्डको सहकार्य हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : ०३ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी