१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रममन्त्री भण्डारी सहभागी | Khabarhub Khabarhub

१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रममन्त्री भण्डारी सहभागी


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

दुबई– आज युएईको दुबईमा आयोजना हुने दुबई रोजगार मेला मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारलगायत वैदेशिक रोजगार व्यवसायीहरू दुबई आइपुगेका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने रोजगार मेलामा सहभागी हुन मन्त्री भण्डारीलगाएतका अतिथिहरू दुबई आइपुगेका हुन ।

रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन । मेलामा एक सय भन्दा बढी मेनपावर व्यवसायीहरू सँगै एनआरएनएका प्रतिनिधिहरू र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरूको सहभागिता हुनेछ ।

नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ । 

मेलामा  ६४ वटा विभिन्न स्टल राखिने संघका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेती, युएईका लागी नेपाली राजदूत तेज बहादुर क्षेत्री,एनआरएनए आइसिसिका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना ,एनआरएनए युएईका अध्यक्ष विकास शाही लगायतको उपस्थिति रहने छ । यसका लागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रबार बेलुकानै दुबई आइपुगिसकेका छन । 

दुबई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिना वैदेशिक रोजगारमा डिमान्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिइएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरूले विश्वास लिएका छन् । 

मेलामा युएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला युएईस्थित नेपाली दूतावास र वैदेशिक रोजगार बोर्डको सहकार्य हुँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : ०३ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई