संस्कारसहितको व्यावहारिक शिक्षा आवश्यक : प्रधानमन्त्री | Khabarhub Khabarhub

संस्कारसहितको व्यावहारिक शिक्षा आवश्यक : प्रधानमन्त्री


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरुकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए । 

‘गुरूकूल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार, संस्कृतिको संरक्षण, सम्वर्द्धन, आफ्नो देशका तीर्थस्थलको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्’, प्रधानमन्त्री दाहालले भने, ‘२० वर्ष अगाडि मुक्तिनाथजस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्वपूर्ण छ ।’

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने प्रधानमन्त्रीले बताए। 

उनले भने, ‘गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : १४ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा