गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री « Khabarhub

गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा– परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्। 

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रूपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औँल्याए ।

‘जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ’, मन्त्री साउदले भने, ‘प्रजातन्त्र रक्षाका लागि, पार्टी र  राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।’

फरक प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका बेला गम्भीररूपमा कुरा राखेको बताए। उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए।

मन्त्री साउदले सिमराको रुट अत्यन्त व्यस्त भएकाले भारतसँग थप रुटको विषयमा कुरा भइरहेको बताए। साना विमानका लागि रुट पाइए पनि बोइङलगायत रुटका लागि सरकार लागिपरेको उनले स्पष्ट पारे।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : १२ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक