चुरेका ग्रामीण सडकको स्तरोन्नति | Khabarhub Khabarhub

चुरेका ग्रामीण सडकको स्तरोन्नति


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिका क्षेत्रभित्रका ‘ट्रयाक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ ।

ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे  सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।

चौमाला–गर्भा दरबार सडकअन्तर्गत चार किलोमिटर सडक स्तरोन्नतिका लागि चुरे निर्माण सेवासँग रु ८३ लाख ९८ हजारमा ठेक्का सम्झौता भएको छ । चौमाला–खैराला चार किलोमटर सडकका लागि नारायण भागरथी निर्माण सेवासँग ३१ लाख, सहजपुर–अलाडनिगाली पाँच किलोमिटर सडकका लागि शुक्रकमली अक्रित निर्माण कम्पनीसँग रु एक करोड ५६ लाख र देउराली–मौरे तीन किलोमिटरका लागि नागार्जुन कन्स्ट्रक्सनसँग ३७ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर जोशीले जानकारी दिए।

स्तरोन्नति हुन लागेको सडकमध्ये सहजपुर–अलाडनिगाली सडकको २०६५ साल अघि नै ट्रयाक खुलेको थियो । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, देउराली–मौरे  सडक भने तीन वर्षअघि नै ट्रयाक खुलेको जनाइएको छ । 

सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदानबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । निर्माण कम्पनीले गाउँपालिकासँग सम्झौता भई चालू आर्थिक वर्षको असारसम्म स्तरोन्नति सम्पन्न हुने गरी काम सुरु भएको इन्जिनियर जोशीको भनाइ छ । 

साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण गरिने भएको छ । चौमाला–गर्भा दरबार सडक खण्डअन्तर्गत कटौजे भिरमा निकै अप्ठ्यारो भएकाले चट्टान फोरेर सडक चौडा बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। 

चुरे गाउँपालिकाका छवटै वडाका सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए। ट्रयाक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने जनाइएको छ । 

विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब चुरे गाउँपालिकाका सबै वडामा सडक यातायात पुगेसँगै त्यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको स्थानीय प्रेम गुरुङले बताए। 

ऐतिहासिक गर्भा दरबार जोड्ने सो ग्रामीण सडकको स्तरोन्नति भएपछि खैराला दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको चहलपहल बढ्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ३१ बजे

युक्रेनमा रसियाको आक्रमणपछि पहिलोपटक मस्कोमा मोदी 

मस्को– मस्कोसँग दीर्घकालीन सम्बन्ध बनाउने र पश्चिमी सुरक्षा सम्बन्धहरूलाई घनिष्ठ

मोरङमा चैते धान उत्पादनमा वृद्धि

बेलबारी– मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत

पाकिस्तानमा चोरी आरोपमा आँखा फुटाइदिए

काठमाडौँ– पाकिस्तानमा चोरी गरेको आरोप लागेका एकजनालाई यातना दिएर आँखा

मुग्लिन-मलेखु सडक पुन: सञ्चालन

मुग्लिन– पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको

विद्युत महशुल वृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौँ– आगामी आर्थिक वर्षका लागि सरकारले कर तथा विद्युत् महशुल