चुरेका ग्रामीण सडकको स्तरोन्नति « Khabarhub

चुरेका ग्रामीण सडकको स्तरोन्नति


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिका क्षेत्रभित्रका ‘ट्रयाक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ ।

ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे  सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।

चौमाला–गर्भा दरबार सडकअन्तर्गत चार किलोमिटर सडक स्तरोन्नतिका लागि चुरे निर्माण सेवासँग रु ८३ लाख ९८ हजारमा ठेक्का सम्झौता भएको छ । चौमाला–खैराला चार किलोमटर सडकका लागि नारायण भागरथी निर्माण सेवासँग ३१ लाख, सहजपुर–अलाडनिगाली पाँच किलोमिटर सडकका लागि शुक्रकमली अक्रित निर्माण कम्पनीसँग रु एक करोड ५६ लाख र देउराली–मौरे तीन किलोमिटरका लागि नागार्जुन कन्स्ट्रक्सनसँग ३७ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर जोशीले जानकारी दिए।

स्तरोन्नति हुन लागेको सडकमध्ये सहजपुर–अलाडनिगाली सडकको २०६५ साल अघि नै ट्रयाक खुलेको थियो । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, देउराली–मौरे  सडक भने तीन वर्षअघि नै ट्रयाक खुलेको जनाइएको छ । 

सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदानबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । निर्माण कम्पनीले गाउँपालिकासँग सम्झौता भई चालू आर्थिक वर्षको असारसम्म स्तरोन्नति सम्पन्न हुने गरी काम सुरु भएको इन्जिनियर जोशीको भनाइ छ । 

साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण गरिने भएको छ । चौमाला–गर्भा दरबार सडक खण्डअन्तर्गत कटौजे भिरमा निकै अप्ठ्यारो भएकाले चट्टान फोरेर सडक चौडा बनाउनुपर्ने गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। 

चुरे गाउँपालिकाका छवटै वडाका सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए। ट्रयाक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने जनाइएको छ । 

विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब चुरे गाउँपालिकाका सबै वडामा सडक यातायात पुगेसँगै त्यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको स्थानीय प्रेम गुरुङले बताए। 

ऐतिहासिक गर्भा दरबार जोड्ने सो ग्रामीण सडकको स्तरोन्नति भएपछि खैराला दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको चहलपहल बढ्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ३१ बजे

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०