बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ : प्रधानमन्त्री « Khabarhub

बुद्द शिक्षाको प्रचारका लागि देशव्यापी अभियान चलाउनुपर्छ : प्रधानमन्त्री


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभन्न समुदाय र विश्वविद्यालयको अहम भूमिका हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले भने ‘देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।’

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययनको लागि अनुपम स्रोतको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्ययापन संरक्षण तथा संवर्द्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उहाँले सुझाव दिएका छन्  ।

बौद्ध संस्कृति, कला, विहार तथा  गुम्बा संसारकै लागि आकर्षणका सम्पदाहरू भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान सम्वर्द्धन र प्रवर्द्धनबाट देशको गरिमा बढ्नुको साथै धार्मिक तीर्थस्थलको रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकहरूका लागि आकर्षण गर्न सकिने बताएका छन् । 

विभिन्न विदेशी विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस कार्यलाई अझ वृद्धि गर्दै बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी जानुपर्छ भन्ने भाष्य विश्वभर विकास हुने र यसको जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयले लिनुपर्ने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : २० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२