डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्न « Khabarhub

डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्न


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को उच्चस्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनले ई–कमर्श र कृषि र मत्स्यपालनसम्बन्धी छलफललाई महत्व दिएपनि उपलब्धीमूलक हुन नसकेको सहभागी देशका प्रतिनिधिहरूले जनाएका छन् । 

अब धावीमा सम्पन्न १३ औं मन्त्रीस्तरीय सम्मेलनको परिणामले भूराजनीतिक तनाव र आर्थिक मन्दीका बीच सङ्गठनका १६४ सदस्यराष्ट्रहरूबीच तीव्र विभाजनलाई विश्वव्यापी व्यापारलाई जोखिम पारेका विषयहरूलाई उजागर गरेको छ । 

वार्तामा सहभागी युरोपेली सङ्घ (ईयू)का एक वरिष्ठ अधिकारीले भने, ‘विश्व व्यापार सङ्गठनले विश्व व्यापार सङ्कटको सकारात्मक पाटोलाई देखाउनुपर्ने खाँचो थियो । सम्भवतः सम्मेलनले विश्व समुदाय अहिलेको अवस्थाबाट अघि बढ्नु गलत हुनेछ भन्ने महसुस गराएको छ । 

समापन पत्रकार सम्मेलनमा बोल्दै एमसी–१३ भेलाका इमिराती अध्यक्ष थानी अल जेयुदीले कमीकमजोरीहरू स्वीकार गर्दै छलफल सोचे अनुरूप निष्कर्षमा पुग्न नसकेको बताए।

विश्व व्यापार सङ्गठन राष्ट्रहरू बीचको व्यापारको नियमहरू हेर्ने एक मात्र अन्तर्राष्ट्रिय निकाय हो यसलाई सम्झौताहरू तयार गर्न सबै सदस्यहरूको पूर्ण सहमति आवश्यक छ ।

एमसी १३ ले जेनेभामा सन् २०२२ मा भएको मन्त्रिस्तरीय ऐतिहासिक सफलतालाई दोहोर्‍याउने अपेक्षा गरिएको थियो । यसले मत्स्यपालनसम्बन्धी सम्झौता गरेको थियो र सदस्यहरू यस वर्षको अन्त्यसम्ममा विवाद समाधान प्रणाली लाई पुनः स्थापित गर्न सहमत भएका थिए ।

तर पछिल्लो मन्त्रिमण्डलले त्यो उद्देश्य पूरा गर्न सकेन । सम्मेलनको समापनपछि इन्टरनेसनल चेम्बर अफ कमर्शका महासचिव जोन डेन्टनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, समग्र प्याकेजको अनपेक्षित कमजोरीका बीच यसले ‘वेक अप कल’को रूपमा काम गरेको छ । 

सन् २०२२ मा गैरकानुनी, अघोषित र अनियमित माछा मार्ने कार्यमा अनुदानमा प्रतिबन्ध लगाउने सम्झौतापछि विश्व व्यापार सङ्गठनले क्षमताभन्दा बढी माछा मार्ने अनुदानमा केन्द्रित दोस्रो प्याकेजको निष्कर्ष निकाल्ने अपेक्षा गरेको थियो ।

जेनेभास्थित विश्व व्यापार सङ्गठनको मुख्यालयमा हालैका महिनाहरूमा भएको वार्ताले विकासशील देशहरूलाई लचकता र लाभ प्रदान गर्ने दोस्रो मत्स्य सम्झौताका लागि मस्यौदा ल्याउन सक्षम बनाएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : ५७ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले