बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु « Khabarhub

बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियामा बसको ठक्करबाट शनिबार पैदलयात्री महिलाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४०३४ नम्बरको बसले ठक्कर दिँदा ५२ वर्षीया मीराकुमारी श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। प्रहरीका अनुसार झापाको गौरीगन्ज माइती भएकी श्रेष्ठको भारतमा बिहे भएको खुलेको छ। उनी भारतको लुवाघाटमा बस्दै आएकी थिइन्। 

मोरङको सुन्दरहरैँचास्थित आफन्तको घरमा आएका बेला दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल हिँडिरहेका बेला उनलाई दिउँसो १२:५० बजेतिर बसले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। 

उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी दाहालले बताए। उनका अनुसार बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४० वर्षीय प्रेम भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : १२ बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार