बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगरपूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियामा बसको ठक्करबाट शनिबार पैदलयात्री महिलाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४०३४ नम्बरको बसले ठक्कर दिँदा ५२ वर्षीया मीराकुमारी श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। प्रहरीका अनुसार झापाको गौरीगन्ज माइती भएकी श्रेष्ठको भारतमा बिहे भएको खुलेको छ। उनी भारतको लुवाघाटमा बस्दै आएकी थिइन्। 

मोरङको सुन्दरहरैँचास्थित आफन्तको घरमा आएका बेला दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल हिँडिरहेका बेला उनलाई दिउँसो १२:५० बजेतिर बसले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। 

उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी दाहालले बताए। उनका अनुसार बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४० वर्षीय प्रेम भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : १२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः