बिहान प्रधानमन्त्रीसँग त्रिपक्षीय भेट गरेका खनाल र विप्लवबीच फेरि भेटवार्ता « Khabarhub

बिहान प्रधानमन्त्रीसँग त्रिपक्षीय भेट गरेका खनाल र विप्लवबीच फेरि भेटवार्ता


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त्रिपक्षीय भेटवार्ता गरेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव सिबीच आजै साँझ फेरि भेटवार्ता भएको छ ।

डल्लुस्थित खनालनिवासमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको वर्तमान अवस्था, कम्युनिस्ट एकतामा देखिएका समस्या र सम्भावना र अन्य समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका दुई नेताबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री खनाल वामपन्थी एकताका पक्षमा खुल्ला बहस गर्दै आएका छन् । मुलुकमा पुनः वामपन्थी एकताको चर्चा चुलिएका बेला भएको भेटवार्तालाई निर्क चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ०९ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको