प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा « Khabarhub

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा गरेर उक्त उपाधिमा कब्जा जमाएका हुन् ।

यो उपाधिसँगै धावक मगरले पुरस्कारस्वरुप रु तीन लाख र यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् ।सशस्त्र प्रहरी बलका सहायक हवल्दार किरणसिंह बोगटीले दुई घण्टा २३ मिनेट १५ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थानसहित रु दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

नेपाली सेनाका प्यूठ राजन रोकायाले उक्त दौड दुई घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गरेर तेस्रो स्थानसहित रु एक लाख प्राप्त गरेका छन् । प्रतियोगितामा दशौँ स्थान हासिल गर्न सफल धावकलाई रु पाँच हजारदेखि ५० हजारसम्म नगद पुरस्कार प्रदान गरिएको थियो ।

एक्काइस किलोमिटर हाफ महिला म्याराथन, सोही विधामा पुरुष स्पर्धा, सैनिक महाविद्यालयका छात्रछात्रातर्फको १० किलोमिटर दौड, सैनिक अधिकृत महिला र पुरुष तथा सैनिक सहचारी कार्यालयका पदाधिकारीको १० किलोमिटर दौडका विजयीलाई पनि पदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

विभिन्न विधामा विजयी भएका धावकलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, अवकाशप्राप्त महारथी राजेन्द्र क्षेत्री, बलाधिकृत रथी अशोकराज सिग्देललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : २३ बजे

हलमा राम्रो कमाइ गरिरहेको ‘जेलर २’ अब ओटीटीमा, कात्तिक २६ देखि हेर्न पाइने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा

खेलकुदमार्फत जिरीको पर्यटन प्रवर्द्धन गर्न दोलखा-रामेछापका ४० टिमबीच फुटबल भिडन्त सुरु

दोलखा– नेपालको स्विट्जरल्यान्डका रूपमा परिचित दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुदलाई

युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छ : मन्त्री खड्का

कर्णाली– कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा

विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य

काठमाडौँ – विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य

गृहमन्त्रीको निर्देशन- प्रदर्शन व्यवस्थापनमा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिनू

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शन तथा भीड नियन्त्रणका