पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै आन्दोलन « Khabarhub

पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै आन्दोलन


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत फेब्रुअरी ८ मा पाकिस्तानमा सम्पन्न निर्वाचनमा अनियमितता भएको भन्दै बलोचिस्तान प्रान्तको बार काउन्सिलले आन्दोलनको सुरु गरेको छ । बार काउन्सिलले कानुन व्यवसायीहरुको सम्मेलनको आयोजना गर्दै आन्दोलन थालेको हो ।

निर्वाचनको परिणामले संवैधानिक सर्वोच्चता कायम गर्न नसकेको र आन्दोलन सुरु गरिएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार त्यसअघि हजारा र पश्तुन बहुल राजनीतिक दलका नेताहरुले पनि निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।

निर्वाचन परिणामबाट बलोचिस्तान नेशनल पार्टी– मेङ्गल, पख्तुनख्वा मिली अवामी पार्टी, नेशनल पार्टी र हजारा डेमोक्र्याटिक पार्टीजस्ता राजनीतिक दलहरु सन्तुष्ट हुन नसकेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १२ : ३६ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं