नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने « Khabarhub

नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको सेनाप्रमुखको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने भएका छन् ।

सम्मेलनमा सहभागी हुन नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापतिहरु प्यारजङ्ग थापा र गौरवशमशेर जबरा शनिबार नै नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्का अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार नयाँ दिल्ली जाने कार्यक्रम छ ।

शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुनेबारे भारतीय सेनाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको पनि मानार्थ सेनाध्यक्ष हुने प्रावधानका कारण उनीहरुलाई सम्मेलनमा डाकिएको बुझिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ५२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार