नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने | Khabarhub Khabarhub

नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको सेनाप्रमुखको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने भएका छन् ।

सम्मेलनमा सहभागी हुन नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापतिहरु प्यारजङ्ग थापा र गौरवशमशेर जबरा शनिबार नै नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्का अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार नयाँ दिल्ली जाने कार्यक्रम छ ।

शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुनेबारे भारतीय सेनाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको पनि मानार्थ सेनाध्यक्ष हुने प्रावधानका कारण उनीहरुलाई सम्मेलनमा डाकिएको बुझिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ५२ बजे

बहस : कांग्रेस आज कहाँ छ?

‘हाम्रा लागि प्रजातन्त्र स्थापनापछिको सत्ता अपरिहार्य छैन’ बीपी कोइराला सधै

बजेटमा दुग्ध व्यवसायीका अपेक्षा – भ्याट र विद्युत महसुल छुट (भिडियोसहित)

काठमाडौं – नेपालमा डेरी (दूग्ध) व्यवसाय अहिले निकै समस्यामा रहेको

सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार

उडुसले दुःख दिएको छ ? यसरी भगाउनुस् !

उडुसको बारेमा सोच्दा पनि कतिपयलाई रातभर निद्रा नै लाग्दैन ।