वनमन्त्री महतो स्वदेश फिर्ता « Khabarhub

वनमन्त्री महतो स्वदेश फिर्ता


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए–६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। सभा केन्याको राजधानी नैरोबीमा फेबु्रअरी २६ देखि यही मार्च १ तारिखसम्म भएको थियो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा दीपककुमार खराल, प्रवक्ता बद्रीराज ढुङ्गाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीलगायतले स्वागत गरे ।

विमानस्थलमा मन्त्री महतोले उक्त सभा र आफ्नो भ्रमण फलदायी भएको बताउँदै सभा बहुपक्षीयताले मानव समुदायले भोगिरहेको जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको हानीको सङ्कट सामना गर्न कसरी मद्दत गर्न सक्छ भन्नेमा केन्द्रित रहेको जानकारी गराए ।

साथै उनले सभा विश्वभरिका सरकारका प्रतिनिधि, नागरिक समाज, वैज्ञानिक, निजी क्षेत्रलगायतको प्रयत्नमा वैश्विक वातावरण नीति तय गर्न महत्त्वपूर्ण अवसर बनेको सनाए । सप्ताहव्यापी चलेको सभामा एक सय ९० देशबाट झण्डै छ हजारले भाग लिएका थिए ।

युएनइएले मानवता र प्रकृतिबीच सद्भाव पुनःस्थापना गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । मन्त्री महतोले सो सभामा नेपाल सरकार र विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे विश्वस्तरीय पहिचान भएकामा खुसी व्यक्त गरेका थिए ।

सभाको उद्घाटनसत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घका निकाय, विश्ववन्यजन्तु कोषलगायत दातृ संस्थाप्रति आभार व्यक्त गर।े । उनले आफूहरू सबैले मिलेर काम गर्दा संयुक्त राष्ट्रसङ्घको ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा सफलता मिलेको उल्लेख गर्दै त्यस्तो सफलतासँगै देखिएका मानव–वन्यजन्तु द्वन्द्वका चुनौतीका बारेमा ध्यानाकर्षणसमेत गराएको जानकारी दिए ।

मन्त्री महतोले बासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपालले पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएकोबारे उक्त विश्वमञ्चमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : १० बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी