एपिएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि | Khabarhub Khabarhub

एपिएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । एपिएफ क्लबले १४–२५, २५–२३, २५–२१ र २५–२१ अङ्कले जितेको हो ।

उपाधि विजेता एपिएफले नगद रु तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उपविजेता गण्डकी प्रदेशले नगद रु एक लाख ५० हजार, प्रमाणपत्र र ट्रफी हात पारेको छ ।

त्यसैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेट अङ्कले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद रु नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लबले सान्तवना पुरस्कार रु ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकारले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । उनले प्रदेश सरकारले सम्पूर्ण खेलमा विकासमा प्रतिबद्ध भएर लाग्ने बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घ सङ्खुवासभाको संयोजनमा प्रतियोगिता फागुन १५ देखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको भलिबल सङ्घका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका विजय थापा, उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका रवि केशीले हात पारेका छन् । त्यस्तै उत्कृष्ट सटर एपिएफका लोकेन्द्र गिरी, उत्कृष्ट सरभर एपिएफका विश्वास अधिकारी, उत्कृष्ट ब्लकर गण्डकीका सरोज बर्देवा, उत्कृष्ट लिबेरो एपिएफका विनोद चन्द र उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजङ्ग मल्ललाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टिमको सहभागिता थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः