नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन « Khabarhub

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले बुधबारको घटनाबारे स्पष्टीकरण दिँदै नगर प्रहरीले कसैलाई आक्रमण नगरी आत्मरक्षा मात्रै गरेको दाबी गरे । नगर प्रहरीमाथि स्टील र फलामका रडले आक्रमण भएपछि प्रतिकार गरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् । उनीहरुले पहिले स्टील र फलामका रडले आक्रमण गरेपछि नगरप्रहरीले प्रतिकार गरेको हो ।’

बालेनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ आधा मात्रै भएको र नगरप्रहरीमाथि आक्रमण गरिएको भिडियो नआएको बताएका छन् । भिडियोमा देखिएका अधिकाशं व्यक्तिहरु एमाले कार्यकर्ता भएको बालेनको दाबी छ ।

गत बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा केही फुटपाथ व्यपारी र नगरप्रहरी घाइते भएका थिए ।

याे पनि…

सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १० : ४१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस