आज २०८० साल चैत २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २० गते मंगलबारको राशिफल


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज २०८० साल चैत २० गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २ तारिख। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मन खुशी हुनेछ। बन्धु र साथीबाट सहयोग मिल्नेछ। कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ रहनेछ। परोपकारको अवसर मिल्नेछ।

वृष : प्रेम सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। भूमि सम्बन्धी काममा फाइदा हुनेछ। शिक्षामा सम्मान प्राप्त हुनेछ।

मिथुन : सुखद् यात्रा गर्ने दिन छ। परिवारबाट खुशी मिल्नेछ। व्यापार र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा दिएको भए नतिजा आफ्नो पक्षमा आउने छ।

कर्कट : आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानको ख्याल गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : व्यापार व्यवसायमा फाइदा हुनेछ। लगानीका क्षेत्रमध्ये शिक्षामा प्रगति हुनेछ। कार्यसम्पादनमा तपाईंको अंक उच्च देखिने छ। प्रेम सम्बन्ध र परिवारमा खटपटी हुने जोखिम छ।

कन्या : मन अस्थिर हुँदा शान्ति नमिल्न सक्छ। शिक्षाबाट उत्साह बढ्नेछ। स्वदेशी लगानीमा सफलता मिल्नेछ। पारिवारिक र सामाजिक क्षेत्र सबल छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ।

तुला : यात्रा सफल बन्नेछ। खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ। आज परिवार र समाजले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : रोकिएका काम गर्नुपर्ने दिन छ। मेहनतबाट मात्र सफलता हात लाग्नेछ। परिवारको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। सामाजिक र आर्थिक काम विवादित छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सम्पत्ति आर्जन गर्ने नयाँ स्रोत भेटिने छ। लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ। समाज सेवा गर्ने अवसर आएको छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अरुको काममा चासो नगर्नु राम्रो हुन्छ। एउटा कामका लागि दौडधुप धेरै गर्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा विवाद हुनेछ। साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ।

कुम्भ : शिक्षा क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। नतिजा तपाईंको पक्षमा देखिनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। मित्रले सहयोग गर्नेछन्। परिवारबाट सहयोग हुनेछ।

मीन : सुन्दर बन्न मन लाग्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। लगानी गरेको क्षेत्रमा उथलपुथल हुने खतरा देखिन्छ। दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : १५ बजे

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने