पाँच सयबाट काम सुरु गरेका कपिल शर्मा अरबौँका मालिक « Khabarhub

पाँच सयबाट काम सुरु गरेका कपिल शर्मा अरबौँका मालिक


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय हास्य कलाकार कपिल शर्माको कलाकारिता यात्रा ‘कमेडी नाइट्स विथ कपिल’, ‘द कपिल शर्मा शो’ हुँदै अहिले ‘द ग्रेट इन्डियन कपिल शो’ सम्म आइपुगेको छ । उनी भारतका सबैभन्दा चल्तीका कलाकारको सूचीको अग्रस्थानमा अटाउन सफल छन् ।

कपिल शर्माको वास्तविक नाम कपिल पुञ्ज हो । उनी सन् १९८१ मा पञ्जाबको अमृतसरमा जन्मिएका हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका कपिलका बुबा प्रहरी हवलदार थिए भने आमा गृहिणी थिइन् ।

सन् १९९७ बाट दुःखका दिन सुरु भएको कपिल बताउँछन् । बुबा क्यान्सरबाट पीडित भएपछि परिवारको जिम्मेवारी उनको काँधमा आइपर्‍यो । सन् २००४ मा बुबाको मृत्युपछि झनै सङ्घर्षका दिन सुरु भएको उनी सम्झन्छन् ।

एक अन्तर्वार्ता उनले जागिर खोज्ने क्रममा ५ सय मासिक तलबका लागि टेलिफोन बुथमा पनि काम गरेको खुलासा गरेका छन्  । त्यस्तै, मासिक ९ सय तलबमा कपडा मिलमा पनि उनले काम गर्न भ्याए ।

१० कक्षा पास हुने बित्तिकै काम सुरु गरे पनि बुबाको मृत्युपछि परिवार हेर्नुपर्ने जिम्मेवारी उनको काँधमा आइपर्‍यो । तिनै कपिल अहिले अरबौँका मालिक बनेका छन् ।  

अनि बने हास्य कलाकार …
परिवार हेर्नुपर्ने जिम्मेवारी सहित कपिला गायक बन्ने सङ्घर्षमा थिए । तर उनले त्यसलाई बीचैमा त्याग गरे । उनले एक अन्तर्वार्ता भनेका छन्, ‘म गायक बन्ने लक्ष्यमा थिए । प्रतिस्पर्धा कडा हुने रहेछ । त्यसपछि म जुन शो आए पनि अडिसन दिन लागेँ । मलाई थाह छैन किन त्यति धेरै अडिसन दिएँ मैले ।’

तर यसरी अडिसन दिने क्रममा उनी कमेडी रियालिटी शो ‘लाफ्टर च्यालेन्ज’को मञ्चमा पुगे  । अमृतसरमा दिएको त्यो अडिसनमा उनी अस्वीकार भए । उनी भन्छन्, ‘त्यही संस्करणका लागि साथीहरूले दिल्लीमा गएर पुनः अडिसन दिने सल्लाह दिए । अनि म दिल्ली गएको थिएँ ।’

दिल्लीमा उनी अडिसन पास भए । उनको सफलता यहीँबाट सुरु भएको हो । सो अडिसन पछि कपिलले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । उनी ‘लाफ्टर च्यालेन्ज’ विजेता घोषित भए । शो मा जितेको १० लाखले बहिनीको विवाह गरेको कपिलले विभिन्न सन्दर्भमा भन्दै आएका छन् ।

कपिल शर्मा गायक बन्न चाहन्थे तर कमेडियन बन्ने उनको भाग्यमा लेखिएको थियो । उनी लाफ्टर च्यालेन्जको विजेताको रूपमा उभिए । तर, यो शो को अडिसनमा उनलाई एकपटक रिजेक्ट गरिएको थियो भन्ने तपाईँलाई सायदै थाहा होला ।

लाफ्टर च्यालेन्ज जितेपछि उनी कमेडी सर्कसमा सहभागी भए । त्यसपछि आफ्नै प्रोडक्सन हाउस ‘के नाइन’ खोलेर उनले आफ्नै शो ‘कमेडी नाइट्स विथ कपिल’ सुरु गरे । उक्त शो अत्यधिक रुचाइएपछि कपिलको कलाकारिताको भारतभर चर्चा भयो । शो राम्रै चले पनि सन् २०१३ मा सेटमा आगो लागेपछि अर्कै टेलिभिजन च्यानलमा उनले ‘द कपिल शर्मा शो’ सञ्चालनमा ल्याए ।

यस शो को दौरानमा उनी भारतकै सबैभन्दा बढी कर तिर्ने कलाकारसमेत बन्न सफल भए । अहिले उनीसँग ३ सय करोड भारुको सम्पत्ति रहेको भारतीय मिडियाहरुको दाबी छ ।

अहिले भने टेलिभिजन कार्यक्रम छोडेर कपिलले ओटीटीका लागि ‘द ग्रेट इन्डियन कपिल शो’ ल्याएका छन् । जसका कारण उनी चर्चामा छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ४९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा