तपाईंलाई ‘डाइबिटिज’ छ ? यस्तो छ चिकित्सकको सुझाव | Khabarhub Khabarhub

तपाईंलाई ‘डाइबिटिज’ छ ? यस्तो छ चिकित्सकको सुझाव


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सामान्यतया रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह अर्यात् चिनीरोग भएको भनिन्छ। हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ। यो हर्मोन पेटमा अर्थात् प्यांक्रियाजले उत्पादन गर्छ। यसको उत्पादन कम भयो भने रगतमा चिनीको मात्रा बढ्छ। रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्छौँ। यसको समयमा सही उपचार हुन सकेन भने विभिन्न जटिलता निम्त्याउन सक्ने चिकित्सक बताउँछन्। विश्वमा करिब ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ। नेपालमा पनि मधुमेहबाट प्रभावितको संख्या त्यही बराबर रहेको अनुमान छ। मधुमेह कस्तो रोग हो ? मधुमेह लाग्नुको मुख्य कारण के हो ? मधुमेह लागेको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ? यसको उपचार विधि के छ ? भन्ने विषयमा ओम अस्पतालमा कार्यरत फिजिसियन डा. परशुराम घिमिरेसँग गरिएको कुराकानी :

मधुमेह कस्तो रोग हो ?
हाम्रो शरीरमा इन्सुलिनको कमी भएर रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोगलाई मधुमेह भनिन्छ। यसमा धेरै कुराले प्रभाव पार्छ एउटा रगतको पारामिटर हो। स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा खाली पेटमा १२६ भन्दा तल र खानापछि १४० भन्दा कम हुनुपर्छ। अर्को सुगरको मात्र ३-३ महिनामा जाँच गर्दा यो ६.४ भन्दा तल हुनुपर्ने हुन्छ। यो लेवल भन्दामाथि सुगरको मात्रा छ भने मधुमेह रोग लागेको मानिन्छ।

पर्याप्त इन्सुलिन उत्पादन नहुँदा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढेर मधुमेह हुने खतरा हुन्छ।

मधुमेह लाग्नुको मुख्य कारण के हो ?
मधुमेह चार प्रकारको हुन्छ। त्यसमा पनि मुख्य दुई वटा हुन्छन्। एउटा टाइप ‘वान’ अर्को टाइप ‘टु’। यसको पनि व्याख्या फरकफरक नै छ।

टाइप ‘वान’ : यो सामान्यतया बालबालिकामा हुने गर्छ। जहा इन्सुलिनको उत्पादन शून्य अर्थात् अत्यन्त कम हुन्छ। रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनको माध्यमबाट इन्सुलिन दिनुपर्ने हुन्छ।

टाइप ‘टु’ : यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेहका रोगीमध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन्। यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ। त्यसपछि शरीरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ। उमेर बढ्दै जाँदा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन्।

गर्भवतीमा हुने मधुमेहः गर्भवतीको रगतमा जुनसुकै समय चिनीको मात्रा उच्च हुने जोखिम हुन्छ। यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ।

यो लाग्नुको कारण भनेको शरीरमा पर्याप्त इन्सुलिनको उत्पादन नहुनु नै हो। पर्याप्त इन्सुलिन उत्पादन नहुँदा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढेर मधुमेह हुने खतरा हुन्छ।

इन्सुलिन भनेको के हो ?
मधुमेह भन्नेबित्तिकै मेटापोलिक डिसअर्डर हो भनेर बुझिन्छ। हाम्रो पाचन प्रणालीले शरीरबाट हर्मोन अथवा केही आवश्यक कुराहरु रिलिज गर्छ। जसले हाम्रो शरीरमा धेरै कुरा व्यवस्थापन गरिरहेको हुन्छ। थाइरोड, ग्रोथ जस्तै इन्सुलिन पनि एउटा हर्मोन हो। यसले सुगरलाई नियन्त्रण गरेर राख्छ।

मधुमेह एक पटक लागेपछि यसलाई निर्मुल पार्न सकिँदैन। यदि कसैले म पूर्णरुपमा निको पार्छु भन्छ भने त्यो भ्रम मात्रै हो। तर खानपान र जीवनशैलीमा सुधार गरेमा यसलाई नियन्त्रण गर्न सकिन्छ।

मधुमेह लागेको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
मधुमेहका धेरै बिरामीले मलाई एकदमै धेरै प्यास लागेको छ। छिटो छिटो पिसाब लाग्छ। भोक लाग्छ। खानेकुरा धेरै रुच्छ। भोक बढी लाग्ने भएकाले धेरै खान्छु तर शरीरको तौल घटेको छ भन्छन्। साथै आँखा तिरमिराउने, थकाइ महसुस हुने, वाकवाकी लाग्ने, लामो समयसम्म चोटपटक निको नहुने, हात खुट्टा झमझमाउने गरेको बताउँछन्। रिंगटा लाग्नु, शरीरमा चिलाउने जस्ता लक्षण देखिनु पनि मधुमेहका लक्षण हुन्।

मधुमेहको समयमै उपचार गरिएन भने अन्य कस्ता समस्या निम्तिने सम्भावना हुन्छ ?
मधुमेह एक पटक लागेपछि यसलाई निर्मुल पार्न सकिँदैन। यदि कसैले म पूर्णरुपमा निको पार्छु भन्छ भने त्यो भ्रम मात्रै हो। तर खानपान र जीवनशैलीमा सुधार गरेमा यसलाई नियन्त्रण गर्न सकिन्छ। मधुमेह लामो अवधिसम्म रहेमा मुटु तथा रक्त नलीमा समस्या हुन्छ।

यसैगरी मिर्गौलामा खराबी हुने, अल्सर तथा आँखामा खराबी आउने गर्दछ। खुट्टामा फोहोर हुने वा चिलाउने घाउ आयो भने त्यो घाउ अरू ठाउँमा पनि सर्दै जाने लगायतका लक्षण देखा पर्छन्। टाइप ‘वान’ मधुमेहले यो रोग लागेको ५–१० वर्ष पछाडि यस्ता समस्या ल्याएको हुनसक्छ। टाइप ‘टु’ मधुमेहले भने सुरुमा पनि यस्ता समस्या ल्याउने जोखिम हुन्छ।

रगतमा भएको ग्लुकोजले आँखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुर्याउने खतरा हुन्छ। मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुर्याउनसक्छ। मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ। करिब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ।

मधुमेहबाट बच्न रक्तचाप नियन्त्रण गर्ने, खानामा विशेष ध्यान दिने, बढी कार्बोहाइड्रेड भएका खानेकुराको सेवन नगर्ने, धुम्रपान र मध्यपान त्याग्ने, बढी चिल्लोे नखाने, सन्तुलित खानेकुरा नियमित लिने र नियमित व्यायाम गर्ने गर्नुपर्छ।

यसको उपचार विधि के छ ?
मधुमेहको उपचार सम्भव छैन। यो रोग लागिसकेपछि रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाँकी रहन्छ। मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनीको मात्रा घटाउनु हो। रक्तकोशमा क्षति पुर्याउने अन्य तत्त्वको निवारण गर्नु हो। जस्तै इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न नियमित इन्सुलिन लिनुपर्छ। इन्सुलिन सामान्य खोपेर लगाइन्छ। कतिपयले इन्सुलिनलाई डरलाग्दो मान्छन्। तर सुगरको उपचारका लागि यो सबैभन्दा उपयुक्त विधि हो।

रक्तचाप नियन्त्रण गर्ने, खानामा विशेष ध्यान दिने, बढी कार्बोहाइड्रेड भएका खानेकुराको सेवन नगर्ने, धुम्रपान र मध्यपान त्याग्ने, बढी चिल्लोे नखाने, सन्तुलित खानेकुरा नियमित लिने र नियमित व्यायाम गर्ने गर्नुपर्छ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ३१ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये