आईपिएलमा युवाको दबदबा, महंगा खेलाडीको कमजोर प्रदर्शन | Khabarhub Khabarhub

आईपिएलमा युवाको दबदबा, महंगा खेलाडीको कमजोर प्रदर्शन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

जारी आईपिएलका सुरुवाती केही खेलमा अप्रत्याशित प्रदर्शन देखिए। कलकत्ता नाइट राइडर्सले सुरुआती दुई खेलमा नै जित हात पारेको छ। सोही टोलीमा सिजनका सबैभन्दा महँगा खेलाडी मिचेल स्टार्क पनि छन्। तर कलकत्ताले दुई जित हात पार्दा स्टार्कको प्रदर्शन अत्यन्त कमजोर देखिएको छ।

दुई खेलमा आठ ओभर बलिङ गरेका उनले १०० रन खर्चिएका छन्। उनले कुनै विकेटमा सफलता पाउन सकेका छैनन्। सनराइजर्स हैदरावादसँगको खेलमा उनले ४ ओभरमा ५३ रन खर्चेका थिए। उनी आईपिएलको सबै भन्दा महँगो र खर्चिलो बलरको रूपमा खराब कीर्तिमान राख्न पुगेका थिए। सो कीर्तिमान धेरै दिन टिकेन। हैदरावादको अर्को खेलसम्ममा सो कीर्तिमान भङ्ग भएको थियो। तर दोस्रो खेलमा आइपुग्दा पनि उनी टोलीका सबै भन्दा खर्चिलो बलर रहे। यसका बाबजुद उनले दुई खेलसम्म कुनै विकेट लिन सकेनन्।

लखनउ सुपर जाइन्ट, पन्जाब किङ्स बिचको खेलमा पनि त्यस्तै भएको थियो। पन्जाबले २०० रनको लक्ष्य पार गर्ने सम्भावना देखिएको थियो। सो खेलमा एक्कासी लखनउलाई खेलमा फर्काउने काम मयांक यादवले गरेका थिए। उनले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिएका थिए। सुरुका खेललाई आधार मान्ने हो भने यो आइपिएलका महँगा खेलाडी स्टार्कको तुलनामा यादव धेरै उपयोगी साबित भइसकेका छन्।

धेरै प्रारम्भिक ब्याट्सम्यानलाई छाडेर मध्यक्रमका रियान पराग अहिलेसम्म सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडी भएका छन्। उनले १८१ रन प्रहार गरे। मुम्बई इन्डियन्ससँगको तेस्रो खेलमा राजस्थान रोयल्सले १२६ रनको झिनो लक्ष्य पछ्याएको थियो। सो खेलमा पनि उनले अर्धशतकीय पारी खेले। परागले सो खेलमा ३९ बलमा ५४ रन जोडे।

धेरै प्रारम्भिक ब्याट्सम्यानलाई छाडेर मध्यक्रमका रियान पराग अहिलेसम्म सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडी भएका छन्। उनले १८१ रन प्रहार गरे। मुम्बई इन्डियन्ससँगको तेस्रो खेलमा राजस्थान रोयल्सले १२६ रनको झिनो लक्ष्य पछ्याएको थियो। सो खेलमा पनि उनले अर्धशतकीय पारी खेले।

यसैगरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा साइ सुदर्शन पनि रहे। उनले १२७ रन प्रहार गरेका छन्। उनी पनि यो सिजनको आईपिएल भन्दा अघि खासै चर्चामा रहेका खेलाडी होइनन्। सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्ससँगको खेलमा २७७ रनको योगफल खडा गर्दै सबैभन्दा उच्च योगफलको आईपिएल स्कोरको रूपमा कीर्तिमान कायम गरेको हो। त्यो कीर्तिमान कायम गर्ने क्रममा अभिषेक शर्माले २३ बलमा ६३ रन जोडे। सोही खेलमा उनले सबै भन्दा छिटो आईपिएल अर्धशतकको कीर्तिमान पनि राखे। शर्माले १६ बलमा अर्धशतक प्रहार गरेका हुन्।

चेन्नाई सुपर किङ्सका मुस्ताफिकर रहमानले यस सिजनमा कुल ७ विकेट लिएका छन्। अहिलेसम्म उनी पर्पल क्यापको दौडमा अघि छन्। खासै स्थापित नाम नभए पनि सफल हुने बलरमा कलकत्ताका हर्षित राना हुन्। दुई खेलमा उनले ५ विकेट लिएका छन्। हैदरावादसँगको पहिलो खेलमा २०८ रन जोडे पनि कलकत्ता पराजित हुने सम्भावना बढी सकेको थियो। सो समयमा रानाको डेथ ओभर बलिङले नै कलकत्तालाई जोगाएको थियो।

मुस्ताफिकर रहमान

पहिलो पावर प्ले र डेथ ओभर दुवैमा उनी विकेट लिने खेलाडीको रूपमा रहेका छन्। कलकत्ताले विगतमा धेरै सिजन सही डेथ ओभर बलर तथा पहिलो पावर प्ले बलरको अभावमा चुकेका थिए।

यस आईपिएलको उत्कृष्ट बलिङ फिगर रहमानको रोयल च्यालेन्जर बैंग्लोरसँगको हो। सो खेलमा रहमानले ४ ओभरमा २९ रन खर्चेर चार विकेट लिएका थिए। दिल्लीका मुकेश कुमारको चेन्नाइसँगको बलिङ यस आईपिएलमा खेल जिताउने बलिङ थियो। सो खेलमा उनले ३ ओभरमा २१ रन खर्चेर तीन विकेट लिए। उनी आईपिएलको डेथ ओभर विशेषज्ञ बलरको रूपमा स्थापित भएका छन्।

सबै भन्दा अचम्म त के छ भने लखनउबाट यो आईपिएलमा डेब्यु गरेका तथा २१ वर्ष मयंक यादव २० लाख भारतीय रुपैयाँमा आबद्ध भएका हुन्। दुई खेलमा १०० रन खर्चेर कुनै विकेट नलिने स्टार्कका लागि कलकत्ताले २४ दशमलव ७५ करोड खर्चेको थियो। बरु डेथ बलर विशेषज्ञ मुकेश कुमारका लागि ५ दशमलव ५ करोड दिल्लीले खर्चेको थियो।

अहिले सर्वत्र हार्दिक पाण्डेको आलोचना भइरहेको छ।  तीन खेलमै कप्तान पाण्डे प्रभावकारी देखिन सकेका छैनन्। तेस्रो खेलमा भने उनले ३४ रन प्रहार गरेका छन्। 

अहिले सर्वत्र हार्दिक पाण्डेको आलोचना भइरहेको छ। टी–२० उत्कृष्ट अलराउण्डर पाण्डे विगतमा विस्फोटक ब्याटिङका कारण चर्चित थिए। मुम्बई इन्डियन्सलाई विगतमा धेरै सफलता दिलाउने उनले अहिले टोलीको नेतृत्व पनि गरिरहेको छन्।

मुम्बईले अहिलेसम्म खेलेका तीन वटै खेलमा पराजयको सामना गरेको छ। तीन खेलमै कप्तान पाण्डे प्रभावकारी देखिन सकेका छैनन्। तेस्रो खेलमा भने उनले ३४ रन प्रहार गरेका छन्।

अहिले छाइरहेका परागका केही विशेषता छन्। चौथो क्रममा ब्याटिङ गरेर एक हजार टी–२० रन १ सय ५० भन्दा बढीको स्ट्राइक रेटमा प्रहार गर्ने उनी दुई खेलाडी मध्येका एक हुन्। उनको औसत ४० भन्दा बढी छ। परागको ब्याटिङले चार वर्ष अघिका सूर्यकुमार यादवको फर्मको झझल्को दिलाएको छ। यादव चार वर्ष अघि यसैगरी छाएका थिए। उनको उत्कृष्ट प्रदर्शनपछि मुम्बईले उपाधि जितेको थियो।

मुम्बईका कप्तान हार्दिक पाण्डेय

आईपिएलमा परागको प्रदर्शन हेर्नेहरू आश्चर्यमा परे पनि घरेलु क्रिकेट हेर्नेहरू तथा उनाई नियाल्ने उनको यो प्रदर्शन स्वाभाविक रूपमा लिने गरेका छन्। ५० ओभरको देधार ट्रफीमा उनले ५ पारीमा दुई शतक प्रहार गरेका थिए। उनी एक पारीमा शतकको नजिक पुगेका थिए। मुस्ताक अलि ट्रफीमा उनले १८२ दशमलव ७९ को स्ट्राइक रेटमा ५१० रन प्रहार गरेका थिए। उनले सात पारीमा ५० भन्दा बढी रन प्रहार गरेका थिए। यी सबै प्रदर्शनलाई नजिकबाट नियाल्नेका लागि त पराग स्टारको रूपमा छाउनु स्वाभाविक नै थियो। यो आईपिएलमा ती करोड ८० लाखको मूल्यलाई सही रूपले उपयोग गरेका छन्।

आईपिएलमा अझ धेरै खेल हुन बाँकी छन्। तथापि लखनउले मयंक यादवको रूपमा नयाँ स्टारको जन्म भएको दाबी गरेको छ।

स्टार्कका धेरै खेल हेर्न बाँकी छन् । त्यसैले अहिलेन नै कलकत्ताको खर्च खेर गएको भन्न मिल्दैन। तर सुरुवाती दुई खेलको कमजोर प्रदर्शनले उत्साह दिन सकेको छैन।

अहिले भारतीय क्रिकेटमा नै चर्चा भइरहेका यी पेस बलरको जन्म दिल्लीमा भएको थियो। मोती नगरमा जन्मेका उनी आफ्नै बाबुबाट प्रभावित थिए। बाबु प्रभु यादव पनि कुनै समय फास्ट बलर थिए। बाबुको वेस्ट इन्डिजका कर्टनी एम्ब्रोज जस्तै हुने सपना थियो। क्रिकेट अभ्यास गर्ने क्रममा नै तेज बाउन्सरले टाउकोमा लाग्ने डरले उनका साथीसमेत हायल कायल हुने गरेका थिए।

ऋषभ पन्तका समेत प्रशिक्षक तरक सिन्हाको आँखामा परेका थिए। दिल्लीका लागि घरेलु क्रिकेट खेली सकेका उनले चोटका कारण विगतको आइपिएलमा सहभागी हुन पाएका थिएनन्।

देधर ट्रफी विजय हरारे ट्रफी र सइद मुस्ताक अलि ट्रफीमा छाएका मांयक यादव अबको भारतीय क्रिकेटका नयाँ स्टार भएको धेरैले स्वीकार गरेका छन्। स्टार्कका धेरै खेल हेर्न बाँकी छन् । त्यसैले अहिलेन नै कलकत्ताको खर्च खेर गएको भन्न मिल्दैन। तर सुरुवाती दुई खेलको कमजोर प्रदर्शनले उत्साह दिन सकेको छैन।
स्रोत : आईपिएल, क्रिक इन्फो

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ०३ बजे

सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद

जलेश्वरका मेयर-उपमेयरसहित १२ जनालाई भ्रष्टाचार मुद्दा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित

नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी

नयाँदिल्ली- २०७७ जेठमा जारी भएको चुच्चे नक्सालाई १०० रुपैयाँ दरको

प्रदेश प्रमुखकहाँ सनाखत गर्दै हिक्मत कार्कीलाई समर्थन दिएका सांसदहरू

विराटनगर– मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता

‘जनतामा आशा जगाउने बजेट ल्याउँछु’ – अर्थमन्त्री पुन

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरी आगामी