स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित « Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोलले हराउँदै एथ्लेटिको चौथो स्थानमा उक्लिएको हो ।

एथ्लेटिकोलाई जित दिलाउन एक्सेल विट्सेल र साउल जिग्गेजले एक–एक गोल गरेका थिए । भिल्लाका अलेक्जेन्डर सोरलोथको एक गोल फर्काए ।

विट्सेलले खेलको नवौँ मिनेटमा एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५०औँ मिनेटमा भिल्लाका अलेक्जेन्डरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल सकिन ३ मिनेट बाँकी छँदा एथ्लेटिकोका साउलले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै ३० खेलबाट ५८ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । पराजित भएको भिल्ला रियल ३८ अंक जोड्दै १०औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ०७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा