निष्क्रिय जीवनशैलीले कस्ता समस्या निम्त्याउँछ ? « Khabarhub

निष्क्रिय जीवनशैलीले कस्ता समस्या निम्त्याउँछ ?


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निष्क्रिय जीवनशैली भन्नाले दैनिक रूपमा अत्यधिक मात्रामा बस्ने वा कुनै शारीरिक व्यायाम नगर्ने भन्ने बुझिन्छ ।

निष्क्रिय गतिविधिहरूमा अत्यधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, अधिकांश समय बसेर काम गर्नेलगायत पर्दछन् ।

प्राविधिक प्रगति बढ्दै जाँदा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन् तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिलाई भने सीमित गरेको छ ।

निष्क्रिय जीवनशैलीले स्वास्थ्य निम्तिने समस्याहरू
– लामो समयसम्म एकै स्थानमा बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन्छन् । दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायाम नगर्ने व्यक्तिमा मोटोपना र धूमपान जत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ ।
– बढ्दो निष्क्रिय व्यवहारका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि हुन्छ ।
– बालबालिकाहरूमा निष्क्रिय जीवनशैली बढ्दै गइरहेको छ । यसको प्रभावले उनीहरूले अत्यधिक समय स्क्रिनजन्य उपकरणमा बिताइरहेका छन् ।
– निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ । मांसपेशीहरू कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न छोड्छन् ।
– दैनिक ५ घण्टाभन्दा बढी बस्ने मानिसहरूमा दैनिक १ प्रतिशतले मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ । यसले गर्दा बारम्बार थकान महसुस हुन्छ । अध्ययनले देखाएअनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या बढी हुने गर्छ ।
– मानिसमा निष्क्रिय जीवनशैली र असन्तुलित भोजन खाने बानीले अनावश्यक तौल बढ्ने गर्दछ । जसका कारण मधुमेह हुने सम्भावना धेरै रहन्छ । निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ । विशेष गरी भिटामिन बी र डी को कमीले हाडजोर्नीको समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ३३ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी