निष्क्रिय जीवनशैलीले कस्ता समस्या निम्त्याउँछ ? « Khabarhub

निष्क्रिय जीवनशैलीले कस्ता समस्या निम्त्याउँछ ?


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निष्क्रिय जीवनशैली भन्नाले दैनिक रूपमा अत्यधिक मात्रामा बस्ने वा कुनै शारीरिक व्यायाम नगर्ने भन्ने बुझिन्छ ।

निष्क्रिय गतिविधिहरूमा अत्यधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, अधिकांश समय बसेर काम गर्नेलगायत पर्दछन् ।

प्राविधिक प्रगति बढ्दै जाँदा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन् तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिलाई भने सीमित गरेको छ ।

निष्क्रिय जीवनशैलीले स्वास्थ्य निम्तिने समस्याहरू
– लामो समयसम्म एकै स्थानमा बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन्छन् । दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायाम नगर्ने व्यक्तिमा मोटोपना र धूमपान जत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ ।
– बढ्दो निष्क्रिय व्यवहारका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि हुन्छ ।
– बालबालिकाहरूमा निष्क्रिय जीवनशैली बढ्दै गइरहेको छ । यसको प्रभावले उनीहरूले अत्यधिक समय स्क्रिनजन्य उपकरणमा बिताइरहेका छन् ।
– निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ । मांसपेशीहरू कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न छोड्छन् ।
– दैनिक ५ घण्टाभन्दा बढी बस्ने मानिसहरूमा दैनिक १ प्रतिशतले मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ । यसले गर्दा बारम्बार थकान महसुस हुन्छ । अध्ययनले देखाएअनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या बढी हुने गर्छ ।
– मानिसमा निष्क्रिय जीवनशैली र असन्तुलित भोजन खाने बानीले अनावश्यक तौल बढ्ने गर्दछ । जसका कारण मधुमेह हुने सम्भावना धेरै रहन्छ । निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ । विशेष गरी भिटामिन बी र डी को कमीले हाडजोर्नीको समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ३३ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको