नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ निर्माण « Khabarhub

नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ निर्माण


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो ।

तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ ।

अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । अत्यधिक गर्मी हुने तराईका अन्य सहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ‘लु’लाई प्रकोपका रूपमा लिई त्यसविरुद्ध जुध्न ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताए ।

रेडक्रस क्लाइमेट सेन्टरका सहरीक्षेत्रविज्ञ रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू हुने प्रक्रियामा रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगञ्ज उपमहानगरपालिका ‘लु’ प्रतिकार्य योजना लागू गर्ने पहिलो स्थानीय सरकार हो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ३३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले