नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ निर्माण | Khabarhub Khabarhub

नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ निर्माण


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो ।

तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ ।

अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । अत्यधिक गर्मी हुने तराईका अन्य सहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ‘लु’लाई प्रकोपका रूपमा लिई त्यसविरुद्ध जुध्न ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताए ।

रेडक्रस क्लाइमेट सेन्टरका सहरीक्षेत्रविज्ञ रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू हुने प्रक्रियामा रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगञ्ज उपमहानगरपालिका ‘लु’ प्रतिकार्य योजना लागू गर्ने पहिलो स्थानीय सरकार हो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ३३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः