लामिछाने गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो : कांग्रेस « Khabarhub

लामिछाने गृहमन्त्री भएपछि सहकारी ठगी प्रकरणको छानबिन रोकियो : कांग्रेस


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न पुनः माग गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन प्रक्रिया रोकिएको आरोप लगाए ।

उनले यसबाट सरकारप्रति विश्वासको संकट उत्पन्न भएको बताए । उनले भने, ‘अनुसन्धान अलपत्र प¥यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ ।’

सांसद यादवले लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा सहकारीबाट ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग समेत गरे ।

उनले सरकारबाटै अनुसन्धान प्रभावित पार्ने काम भएकाले कांग्रेसले निरन्तर संसदीय छानबिन समितिको माग उठाइरहने स्पष्ट पारे।

सांसद यादवले विषय उठिसकेकाले गृहमन्त्री लामिछानेले छानबिनमा सहयोग गर्नुपर्ने धारणा राख्दै रास्वपाका अन्य नेताहरू पनि सहकारी ठगी प्रकरणमा जोडिएको कुरा बाहिर आएको बताए ।

सांसद यादवले रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने मात्र नभइ सोही पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे । उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट पारे ।

उनले गृहमन्त्रीमाथि सदनमा उठाइएको विषयलाई कमजोर नठान्न सरकारलाई चेतावनी समेत दिए। उनले भने ‘गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने थुप्रै कारण छन्। हामीले जिम्मेवार ढंगले सदनमा कुरा उठाएका हौँ। कांग्रेसको संसदीय अनुशासन र गरिमालाई कमजोरको रुपमा नठानियोस्।’

 

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ११ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि