नागरिक उन्मुक्तिका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित  « Khabarhub

नागरिक उन्मुक्तिका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित 


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेकी छिन् । 

अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीय सदस्यहरूलाई कुटपिटमा संलग्न भएको भन्दै उनीहरू दुवै जनालाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन् । 

सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।अध्यक्ष रञ्जिता केन्द्रदेखि प्रवेशसम्म नयाँ सत्ता समीकरणको पक्षमा लाग्ने बताउँदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् । 

श्रीमान श्रीमतीसमेत रहेका रेशम र रञ्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : २८ बजे

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक

कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड