कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : साेबिता गौतम « Khabarhub

कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : साेबिता गौतम


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेबिता गौतमले जेलमा रहेका कैदीबन्दीले पोषणयुक्त खाना खान नपाएको बताएकी छिन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले कैदीबन्दीको मानवअधिकारको ख्याल नगरेको बताएकी हुन् । 

 ‘सरकारले कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराएको छैन ।’ उनले भनिन्,  ‘प्रत्येक दिन राज्यले बन्दीहरूलाई सातसय ग्राम चामल र ८० रुपैयाँ दिने गरेको छ । एकातिर राज्यलाई भार, अर्को बन्दी आफै उत्पादनशील हुन सकेका छैनन् । उनीहरूले पोषणयुक्त खाना खान पाएका छैनन् । पानीको अभावले कैदीमा छालासम्बन्धी रोग बढेको छ ।

 यस्तै उनले राज्यले  मानवअधिकारको न्यनतम आवश्यकता पुरा नगरेको आरोप लगाइन् । 

 उनले प्रश्न गरिन्,- ‘सरकारले ऐन कानुन बनाउँदा सबै सजाय जेलभित्र राख्ने बनाउने अनि जेलभित्र राख्दा आवश्यकता पनि पुरा गर्न नसक्ने हो भने राज्यको यो के नीति हो ? थुनामा बसेकालाई अनुत्पादनशील राज्यले बनाइरहेको छ ।’ 

जेलमा क्षमताभन्दा बढी कैदीबन्दी राखेको अवस्था छ । चारगुना भन्दा बढी राखिएको छ । कोही सजाय काटिरहेका छन् । कोही पुर्पक्षका लागि थुनामा छन् ।  

त्यहाँ सुधार गर्न लगिएकाहरु सुधारिएर आँउछन् वा आउदैनन् । उनीहरु डिप्रेसन भएर बसेका छन् । बाहिर निस्केर समाजमा पुर्नस्थापित गराउने राज्यको जुन उद्देश्य छ , त्यो पूर्ति होला भन्ने महसुस नभएको उनी बताउँछिन्। 

उनले  भनिन् ‘मुद्दामा पालो नआएर २० औ महिना जेलमा बस्नुपरेको छ । न्यायालयलाई प्रश्न गर्ने ? राज्यले कुल बजेटको एक प्रतिशत भन्दा कम बजेट छुट्याउँछ , त्यस न्यायलयलाई प्रश्न गर्ने ? न्यायलयलाई भात पकाउन एक मुठी चामल दिइएको छ । न्यायालयलाई बजेट बढाउनुपर्छ । ‘

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १ : ०२ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।