अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक « Khabarhub

अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिडेल देवकोटाको निर्देशन रहेको चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको ट्रेलरमा मुख्य कलाकार नायकहरु सौगात मल्ल, विपिन कार्की, प्रवीन खतिवडा र नायिका सृष्टि श्रेष्ठलाई मुख्य स्थानमा देखाइएको छ । ट्रेलरमा बीपी राजमार्ग आसपासमा छायांकन भएका दृश्य अटाएका छन् । 

चैत ३० बाट देशभर प्रदर्शनमा आउने यो चलचित्र मध्यम तथा न्यून वर्गीय नेपाली समाजका युवाहरुको आप्रवासी परम्परामा आधारित कथामा निर्माण भएको बताइएको छ ।

जर्मनीबाट फिल्ममा विद्यावारिधि गरेका देवकोटाको यो डेब्यु निर्देशन हो । यही फिल्मबाट स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डीओरोले डेब्यु फिल्म निर्देशकका रुपमा देवकोटालाई ‘उत्कृष्ट फिचर फिल्म’को अवार्ड प्रदान गरेको निर्माण पक्षले जनाएको छ । 

त्यस्तै यस फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि उत्कृष्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको छ । 

गत वर्ष भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको यो फिल्मले दुई महत्वपूर्ण अवार्ड जितको थियो । साथै, विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा समेत यो फिल्म प्रदर्शन गराइएको निर्माण पक्षले जनाएको छ ।

यो फिल्म कोरोना महामारीको समयमा छायांकन गरिएको निर्माण पक्षले बताएको छ । फिल्म आइसफल प्रोडक्सनको प्रस्तुति, सिने संकिपासँगको सहकार्य र फिल्म काउन्सिल प्रोडक्सन्सको सह–निर्माणमा तयार भएको हो । 

यो फिल्मको प्राविधिक काम श्रीलंकामै भएको निर्माण पक्षले जनाएको छ । यो फिल्मको निर्माता रामकृष्ण पोखरेल, सोभा थापा र निर्देशक देवकोटा स्वयं हुन् । 

हेर्नुहोस् ट्रेलर

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : ५४ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको