पाँच महिनादेखि तलब नपाएको नलगाडका स्वास्थ्यकर्मीको गुनासो « Khabarhub

पाँच महिनादेखि तलब नपाएको नलगाडका स्वास्थ्यकर्मीको गुनासो


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार–  जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् । 

तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिए। सोमबार भएको अर्धवार्षिक समीक्षामा तलबको विषयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र नगरप्रमुख डम्बर रावतले सम्बोधन नगरेको उनले सुनाए।  

नलगाडको विकास बजेट २० प्रतिशत पनि खर्च नभएको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारीबीच तालमेल नमिल्दा बजेट खर्चदेखि सेवा प्रवाहमा असर परेको छ 

। नगरप्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको बीचमा काम गर्ने विषयमा तालमेल नमिल्दा सबै काम ठप्प भएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतले भनेको केही नगरी आफ्नै तरिकाले चल्न खोज्दा समस्या भएको सचिवालयले जनाएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिकाबाट दुई महिनामै फिर्ता पठाएका भट्टराई नलगाडमा सोही व्यवहार दोहोर्याउन थालेको सचिवालयको भनाइ छ । पत्र काटेर फिर्ता पठाइदिन अधिकृत भट्टराईले नगरप्रमुख रावतलाई धम्की दिने गरेका छन् ।

अधिकृत भट्टराईको दबाबका कारण प्राविधिक शाखाका इन्जिनियर उमेश खड्काले जागिरबाट राजीनामा दिई काठमाडौँ गएका थिए । नगरप्रमुखले सम्झाईबुझाई गरेर प्रमुख प्रशासकीय अधिकृतलाई काममा लगाएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : ०६ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक