सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानत दिएको छ । 

दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको थियो । यस विषयमा सञ्जय सिंहले निकै हङ्गामा मच्चाएका थिए ।

ईडीको चार्जशीटमा सञ्जय सिंहमाथि ८२ लाख रुपैयाँको चन्दा लिएको आरोप छ । दिल्ली मदिरा नीति प्रकरणमा ईडीको दोस्रो पूरक चार्जशीट मे २ मा जारी गरिएको थियो। जसमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको नाम पनि देखिएको थियो । यद्यपि उनलाई अभियुक्त बनाइएको छैन ।

दिल्लीको मदिरा नीतिमा भएको अनियमितता प्रकरणमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियासहितका नेताहरु अहिले पनि हिरासतमा रहेका छन् । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ३ : २३ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता