सेयर बजारमा सामान्य अंकको गिरावट  « Khabarhub

सेयर बजारमा सामान्य अंकको गिरावट 


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०३, लगानी शून्य दशमलव ०४, जीवन बीमा शून्य दशमलव १९, लघुवित्त एक दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ३० र व्यापार समूह शून्य दशमलव ३२ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । 

आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, निर्जीवन बीमा शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

 गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बण्ड-२०८७ को शेयर मूल्य सात दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु १४ करोड ९८ लाख ८४ हजार नौ सय एक बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फण्डको तीन लाख २० हजार तीन सय ६४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : १३ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको