जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : माधव नेपाल « Khabarhub

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : माधव नेपाल


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताए ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टिकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्वप्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गरे ।

विकास र समृद्धिका लागि कुनै विषयले बाधा पुर्‍याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उनले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताए। समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नु जरुरी रहेकामा जोड दिँदै उनले आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने बताए। उनले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनैपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : १४ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार