‘मीरा स्याडो अफ अ रेन्बो’ को ट्रेलर : छोरीमा अटिजम, आमामा फरक यौन चाहना  « Khabarhub

‘मीरा स्याडो अफ अ रेन्बो’ को ट्रेलर : छोरीमा अटिजम, आमामा फरक यौन चाहना 


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘मीरा स्याडो अफ अ रेन्बो’को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ । ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा देखाइएको छ। 

चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितका अनुसार चलचित्र सन्तानमा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा आधारित छ । 

अनेकौं आकांक्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले  भूमिका खेल्ने निर्माण पक्षको विश्वास छ । 

लक्षित वर्गका दर्शकहरूको लागि विशेष प्रिमियर शोको आयोजना गर्ने तयारीमा रहेको निर्माण पक्षले बताएको छ ।  चलचित्र प्रदर्शनको मिति भने तोकिएको छैन । 

चलचित्रमा अनितासहित सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो।

हेर्नुहोस् भिडियो-

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : २० बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर