स्कुलबसको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते « Khabarhub

स्कुलबसको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको गैंडाकोटमा बोर्डिङ स्कुलबसको ठक्करबाट एक महिलाको घटनास्थलमै निधन भएको छ। दुर्घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्।

ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन्। उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ५९ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा