डिएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय « Khabarhub

डिएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

मंगलबार विशेष अदालत काठमाडौँका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको हो । अदालतले केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हाे ।

यस्तै ठगबहादुरलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसीलाई पनि अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । जिसीले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएकोमा उनलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने अदालतको फैसलामा उल्लेख गरिएको छ ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

उनीविरुद्ध अख्तियारले गत भदौ १३ गते १८ लाख रुपैयाँ बिगो राखेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ४८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल