भूमिसुधारका नासु रामकृष्ण पण्डित भ्रष्टाचारी ठहर « Khabarhub

भूमिसुधारका नासु रामकृष्ण पण्डित भ्रष्टाचारी ठहर


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजालसले गत वैशाखमा दायर मुद्दामा फैसला गरेको हो। घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेषले नासु रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्णलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि यसै वर्ष ७ वैशाखमा मुद्दा चलाएको थियो। विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार पण्डितलाई एक महिना कैद र नौ हजार रुपैयाँ जरिवाना तोकेको छ।

जलेश्वरमै भूसेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढी व्यवसायी कर्णलाई विशेषले मतियार ठहर गर्दै आधा सजाय गरेको छ। उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो।

कर्णले पण्डितले भनेअनुसार सेवाग्राहीसँग नौ हजार घुस लिएको भेटिएको थियो। घुसवापतको रकम लिइसकेको अवस्थामा १८ फागुन २०७९ मा कर्णलाई रंगेहात नियन्त्रणमा लिइएको थियो। दाखिला खारेज गरी जग्गाधनी पुर्जा दिलाइदिने प्रयोजनका लागि पण्डिले घूस मागेका थिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ४५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ