मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने | Khabarhub Khabarhub

मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन्  ।

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । आज बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले)लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ ।

वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने बताए ।

“विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरुको तर्फबाट भोलि विश्वासको मत लिन्छौँ”, उनले भने, “त्यसपछि मात्र केन्द्रको सहमतिको मर्म र निर्णयबमोजिम सत्ताको नेतृत्व जसले पाउने भनेको छ, उसलाई दिने निर्णय भएको छ ।”

प्रमुख सचेतक परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ०७ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो