आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार सन् २०२४ मे २ तारिख। वैशाख कृष्ण पक्षको नवमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धार्मिक क्षेत्रमा मन जानेछ। दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। रमाइलो गर्ने नाममा हुने खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समाजमा प्रतिष्ठा बढ्नेछ। दिउँसो नसुत्नु राम्रो हुन्छ। दिउँसो सुतेमा ठुलो घाटा हुनेछ। शिक्षामा प्रगति हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ रहनेछ।

मिथुन : शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्दा हुन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध भए खुशीको खबर प्राप्त हुनेछ।

कर्कट : साधनमा चढ्ने भए सचेत हुनुपर्ने दिन छ। यात्रामा जोखिम बढ्ने भएकाले सुरक्षित ढंगले साधन चलाउनु राम्रो हुन्छ। तपाईंका गल्ती खोज्ने सक्रिय रहेकाले सचेत हुनु राम्रो हुन्छ। सुरा–सुन्दरीको आकर्षणमा नपर्नु राम्रो हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

सिंह : साथीले प्रशंसा गर्नेछन्। शिक्षाको लगानीमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

कन्या : मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ। पूर्वको यात्रामा दुर्घटनाको जोखिम भएकाले पारिवारिक यात्रा नगर्नु राम्रो हुन्छ।

तुला : महत्त्वपूर्ण निर्णय गर्ने समय आएको छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने दिन छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान मिल्नेछ। परिवारको चाहनालाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक : सत्य कुरालाई गलत भन्ने साथीसँग सचेत हुनु राम्रो हुन्छ। मनको कुरा ढिलागरी बोल्दा पछुतो हुने जोखिम हुन्छ। स्वास्थ्य र शिक्षाका क्षेत्र सामान्य छन्। राजनीतिमा सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन हुने समय आएको छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। आफ्नो हित भन्दा परोपकारमा समय खर्चिने छ। राजनीतिक र सामाजिक क्षेत्रमा लफडा हुनसक्छ। परिवारको सम्बन्धमा समस्या हुने योग छ। स्वदेशको भन्दा विदेशको लगानी सफल हुनेछ। रमाइलो वातावरणले मन तान्नेछ।

मकर : अचानक धन खर्च हुनेछ। झुटा आरोप लाग्नसक्छ। गलत तर्क गर्नेसँगको भेटले मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको सहयोग राम्रो रहेको छ।

कुम्भ : शनिदेवको छाया योग छ। शनि नाकारात्मक भए पीडाले घेर्नेछ। शनि सकारात्मक भए बढुवा र सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। जन्मकुण्डली ज्योतिषलाई देखाएर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : शनिको सुरुवात भएकाले शनिको नकारात्मक फल भोग्नुपर्ने हुनसक्छ। शाहकारी खानपान ग्रहण गर्नु राम्रो हुन्छ। शनिकै कारण ढिलासुस्तीले सताउने जोखिम रहन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछन्।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ०२ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने