आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित « Khabarhub

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १३ बल बाँकी हुँदै मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। साविक विजेता चेन्नई माथि ७ विकेटको जित निकाल्दै पञ्जाब १० खेल खेलेर आठ अंकसहित सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट अंक तालिकाको चौंथो स्थानमा रहेको चेन्नई यो हारसँगै १० अंकमा सीमित भएको छ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

चेन्नईविरुद्ध पञ्जाबका जोनी बेयरस्टोले ४६ रन बनाए। राइली रुसो ४३ र प्रभसिमरन सिंह १३ रनमा आउट हुँदा शशांक सिंह २५ र कप्तान साम करन २६ रनमा नटआउट रहे। चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लिसन र शिवम दुबेले एकएक विकेट हात पारे।

पहिला ब्याटिङ थालेको चेन्नईका कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल मात्र १ रनमा नटआउट रहे।

महेन्द्रसिंह ध्वनी । तस्बिर : क्रिकइन्फो

पञ्जाबका हरप्रित बराड र राहुल चाहरले दुईदुई विकेट लिँदा कागिसो रबाडा र अर्शदीप सिंहले एकएक विकेट हात पारे।

आईपिएल अन्तर्गत बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७ः४५ बजे हैदरावादमा हुनेछ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ५५ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल