काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको छ ।

उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो ।

समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो ।

गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए ।

गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगाय सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चालम, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामासहित तरुण दलका केन्द्रीय सदस्यको टोलीले बुधबार नै प्रति पीडित प्रतिपरिवारलाई दुई बोरा चामल, नुन, तेल दाल तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खाद्यान्न सहयोग गरेका थिए ।

विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले नगद पनि उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई पाँच हजार दिइएको र बाँकी दश हजार केही दिनमै उपलब्ध गराइने बताइन् ।

साथै, क्षतिग्रस्त घर पुनर्निर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताइन् ।

आगलागीबाट दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : १० बजे

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ