विश्वकपको टिम घोषणा र एसियाली सम्भावना | Khabarhub Khabarhub

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टोली घोषणा भएको छ। भारतीय टोली यस कारण पनि बहु प्रतीक्षित हो कि यो नै संसारको सबै भन्दा बढी क्रिकेट क्रेज भएको देश हो।

टी-२० विश्वकप क्रिकेटको काउन्ट डाउनको सुरुवात मै १६ वर्ष भन्दा पनि अघिको प्रसङ्ग पनि सान्दर्भिक बनेको छ। भारतीय टोलीले उपाधि बिहीन यात्रामा लामो समय बिताएको थियो। सन् २००३ को विश्वकप फाइनलमा त प्रवेश गरेको थियो। तर फाइनलमा अस्ट्रेलियासँग फराकिलो हार सहेको थियो। सन् २००७ को मार्च अप्रिलमा भएको एक दिवसीय विश्वकपमा भारतीय टोली पहिलो चरणमा नै बाहिरिएको थियो।

क्रिकेटका पारखीका लागि इडेन गार्डेनको क्रिकेट मैदान, त्यहाँ उपस्थित हुने दर्शकको क्रेज र त्यही पश्चिम बङ्गालका स्टार सौरभ गांगुली र उनको नेतृत्वमा रहेको भारतीय क्रिकेटको क्रेज विशेष थियो। तर उसलाई विश्वकप क्रिकेटमा सन् १९८३ पछिको असफलताले सताएको थियो।

सन् २००७ मा दक्षिण अफ्रिकी भूमिमा पहिलो टी–२० विश्वकप क्रिकेटको आयोजना भएको थियो। महेन्द्र सिंह धोनीको नेतृत्वमा पहिलो पटक भारतले खेल्दै थियो। त्यसपछि करिब चार वर्ष विश्व क्रिकेटमा धोनी र युवराज सिंहको सनसनीपूर्ण यात्राको सुरुवात भयो। अहिले पनि विश्व क्रिकेट यस्तै एसियाली सुपर स्टारको खोजीमा छ।

 

सन् २००७ मा दक्षिण अफ्रिकी भूमिमा पहिलो टी-२० विश्वकप क्रिकेटको आयोजना भएको थियो। महेन्द्र सिंह धोनीको नेतृत्वमा पहिलो पटक भारतले खेल्दै थियो। लाल चन्द राजपूत पहिलो पटक प्रशिक्षक भएका थिए। कसैले नसोचेको भारतले उपाधि जितेका थियो। त्यसै समयबाट करिब चार वर्ष विश्व क्रिकेटमा धोनी र युवराज सिंहको सनसनीपूर्ण यात्राको सुरुवात भएको थियो। अहिले पनि विश्व क्रिकेट यस्तै एसियाली सुपर स्टारको खोजीमा छ।

जोहहन्सवर्गमा पहिलो टी-२० विश्वकपको फाइनलमा जोगीन्दर शर्माको बलमा पाकिस्तानी ब्याट्सम्यान मिसबाह उल हकको स्कुप प्रहार फाइन लेगमा रहेका श्रीसान्थको हातमा पुगेपछि भारतमा छाएको खुसी राजपूत अझ सम्झन्छन्।

यसअघि भारतीय क्रिकेटमा प्रभाव जमाएका सचिन तेन्दुलकर, गांगुली र राहुल द्रविडले सो विश्वकप खेल्ने सोच नै राखेका थिएनन्। वीरेन्द्र सेहबाग, हरभजन सिंह र अजित अगरकर लगायत सिनीयर खेलाडी थिए। तथापि त्यस टोलीले विश्वकपको उपाधि जित्ने कुरा कसैले कल्पना गरेका थिएनन्। साँचो भन्नुपर्दा यसै विश्वकपले टी-२० संरचनालाई अझ बलियो बनाएको थियो। यसैको असर स्वरूप आईपिएलको जन्म भएको थियो। अहिले टी-२० को लोकप्रियता दिन प्रतिदिन नै बढी रहेको छ।

महेन्द्रसिंह ध्वनी

सन् २००७ मा भएको टी-२० विश्वकपको पहिलो संस्करणमा भारतले सफलता पाएको थियो भने २००९ मा पाकिस्तानले सफलता पाएको थियो। पहिलो संस्करणको फाइनलमा भारतले पाकिस्तानलाई हराएको थियो भने दोस्रो संस्करणको फाइनलमा पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई हराएको थियो।

विगतका ८ संस्करणमा एसियाका तीन देशले टी-२० विश्वकप क्रिकेट जितेका छन्। सन् २०१४ मा भएको टी-२० विश्वकप क्रिकेटको उपाधि श्रीलङ्काले जितेको थियो। यस पटक यसअघि उपाधि जितेका ३ देशबाट नै उपाधिको सम्भावना देखिन्छ। अहिलेको फर्मलाई आधार मान्ने हो भने भारत निर्विवाद एउटा दाबेदार हो।

टी-२० विश्वकपको सबै भन्दा सफल टोली इङ्गल्यान्ड र वेस्ट इन्डिज हुन्। यी दुवै टोलीले अहिलेसम्म दुई पटक उपाधि जितेका छन्। सन् २०१२ मा पहिलो पटक उपाधि जितेको वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रो पटक जितेको हो। अस्ट्रेलियाले एक पटक जितेको छ।

विराट कोहली ।

आइसिसीको पछिल्लो वरियतामा भारत पहिलो स्थानमा छ। भारत स्वाभाविक बलियो दाबेदार हो। कुनै पनि संरचनाको क्रिकेटमा कुनै पनि समय खेलको दिशा मोड्न सक्ने बलर जसप्रित बुमराह भारतका प्रमुख खेलाडी हुन्। दोस्रोमा इङ्गल्यान्ड र तेस्रोमा अस्ट्रेलिया छन्। तेस्रो वरियतामा रहे पनि ट्रेभिस हेडप्रति धेरैको नजर जाग्नु स्वाभाविक नै हो। गत वर्ष भएको एक दिवसीय विश्वकपमा अस्ट्रेलियालाई उपाधि दिलाउन सबै भन्दा धेरै भूमिका निर्वाह गरेका हेड टी-२० मा पनि उत्तिकै फर्ममा छन्। अहिले भारतमा जारी आईपिएलमा पनि उनको फर्म त्यस्तै छ।

सन् २०१० को दशकमा विश्व क्रिकेटमा अस्ट्रेलियाको एक छत्र राज तोड्दै पहिलो दुई संस्करणमा एसियाली टोली फाइनल प्रवेश गरेका थिए। सन् २०१० को दशक अस्ट्रेलियाको दबदबाबाट क्रिकेट केही बाहिर निस्केको थियो। सन् २०११ को विश्वकप नै भारतले जितेको थियो। सो विश्वकपमा भारतीय टोलीको नेतृत्व धोनीले गरेका थिए। प्रतियोगिताका उत्कृष्ट खेलाडी युवराज सिंह भएका थिए। सन् २००७ को विश्वकपकै खेलमा भारतका युवराज सिंहले इङ्गल्यान्डका स्टुवार्ड ब्रोडलाई ६ छक्का प्रहार गरेका थिए। त्यो ओभर भारतलाई पहिलो चरण पार गराउन धेरै सहयोगी भएको थियो।

युवराज सिंह।

चार वर्षपछि भारतले उपाधि उचाल्दा युवराज सिंह विश्वकपमा नायक नै थिए। उनले कुल ३ ६२ रन प्रहार गर्दै १५ विकेट लिएका थिए। उनले त्यो विश्वकपमा चार पटक म्यान अफ द म्याच अवार्ड पाएका थिए। यसरी धेरै पटक म्यान अफ द म्याचको अवार्ड पाउने खेलाडीमा सन् १८८६ मा अरविन्द डी सिल्भा र सन् १९९९ मा दक्षिण अफ्रिकाका लान्स क्लुजनर मात्र थिए। त्यसपछि सन् २०१९ मा रोहित शर्माले यो सफलता पाए।

१ जुनदेखि संसारका २० देशका खेलाडी अमेरिका र क्यारेबीयन क्षेत्रमा रहने छन्। फरक संरचनाको विश्वकपमा धेरै टोली समावेश गरिएका कारण पहिलो चरणमा नै कुनै खेलमा फराकिलो हार जित तथा धेरै रनको वर्षा हुने सम्भावना प्रबल छ।

सहिद अफ्रिदी।

टी-२० विश्वकपको अर्को विशेषता पनि छ। प्लेयर अफ द टुर्नामेन्टमा एसियालीको प्रभाव नै बढी छ। पहिलो संस्करणमा पाकिस्तानका सहिद अफ्रिदी र दोस्रोमा तिलकरत्ने दिलसान प्लेयर अफ द म्याच भएका थिए। तेस्रोमा इङ्गल्यान्डका केभिन पिटरसन र चौथोमा सेन वाटसन पछि पाँचौँ संस्करणमा सो सफलता भारतका विराट कोहलीले दुई पटक पाए।

पछिल्लो संस्करणका प्लेयर अफ द म्याच डेभिड वार्नर हुन्। यस पटक एसियाली स्टारका लागि यो विश्वकप कत्ति फलदायी हुने भन्ने प्रतीक्षाको विषय बनेको छ।

विश्वकप खेल्ने नेपाली टिमका कप्तान रोहितकुमार पौडेल । तस्बिरः आइसिसी

अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि हुने विश्वकपमा नेपालसमेत रहेकाले नेपालमा चासो बढी नै छ। रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। नेपाल रहेको विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन्। जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेल जुन ११ मा श्रीलंका खेल्ने नेपालले तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १६ तारिख बङ्गलादेशसँग खेल्नेछ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १० : ०७ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १